जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको आदेशमा १७ र १६ वर्षीय दुई आरोपितलाई पुर्पक्षका लागि बाल सुधार गृह वीरगञ्ज पठाउने आदेश भएको सप्तरी जिल्ला अदालतले जनाएको छ।
आत्महत्या दुरुत्साहन मुद्दामा पञ्च डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका जयकान्त मण्डल, बासुदेव मण्डल र सत्यनारायण मण्डल पुर्पक्षका लागि धरौटी राखी रिहा भएका हुन्। आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका तीनजना पञ्चहरुले जनही १ लाख १० हजार धरौटी राखेका छन्।